• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् ।

 

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए ।

 

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे । कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए।

 

बुस्टर मात्रा लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिकालाई बुस्टर मात्रा दिने सरकारको तयारी छ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि त्यहि खोप लगाउनुपर्छ ।

 

सरकारले ओमिक्रोन भाइरसको रोकथाम, उपचार एवं नियन्त्रण गर्न आवश्यक तयारी गरिसकेको भन्दै मन्त्री खतिवडाले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार