• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
बिश्व

भारतमा बढ्यो संक्रमण : पछिल्लो २४ घन्टामा २ लाख ६८ हजारमा कोरोना संक्रमण,लाखौं भक्तजनहरु गंगा नदीमा

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । संक्रकण बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

 

भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

 

केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । भारतमा हालसम्म ५ हजार ७५३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । कोभिड संक्रमण तिब्र बढे पनि,सामाजिक दूरी,यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् ।

 

कोभिड बढिरहेका बेला लाखौं  भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार