• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

अंकितको 'कफी क्रश्' मा प्रताप र प्रियाना


काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीले यो पटक फेरि अर्को नयाँ प्रयोग गर्दै टिनेजर्सको कथामा आधारित  'कफी क्रश्' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

 

रोमाण्टिक भर्सनको  यस गीतलाई सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्। भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' फिचर्ड छन्  । क्याफेको वेटरको भूमिका गायक  अंकित बाबु आफैले निभाएका छन ।

 

 ए-सिरिज नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देनले गरेका हुन भने सम्पादन चानस पुन मगरले गरेका हुन्।  आभा नेपाल यस भिडियोकि  क्रियटिभ डिरेक्टर र निर्मात्री हुन्।  

 

गायक अधिकारीले यसअघि 'के माया लाग्छ र'  'राम नाम', 'सम्झनालाई', 'याक्थुङ्मा कान्छी' र 'विनायो भाकैले' जस्ता चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। 

 

भिडियो :  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार