• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

मेसी र नेयमार बिना पीएसजीको जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पीएसजीले घरेलु मैदानमा ब्रेस्टलाई २–० ले पराजित गरेको हो।

 

लियोनल मेसी र नेयमार नखेलेको भएतापनि पीएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पे र थिलो केहररले एक–एक गोल गरे। 

 

एम्बाप्पले खेलको ३२ औ मिनेटमा गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए। केहररले ५३ औ मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए। 

 

यो जितसँगै पीएसजीले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता लिदै उपाधि यात्रालाई थप मजवुत बनाएको छ । पीएसजीको २१ ख्ेलबाट ५० अंक छ। दोस्रो स्थानमा रहेको निसको ३९ अंक छ । पराजित ब्रेस्ट २५ अंक जोडेर १३औं स्थानमा छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार