• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

जेनिस बने पहिलो 'द भ्वाइस किड्स'

काठमाडौं । जेनिस उप्रेतीले पहिलो 'द भ्वाइस किड्स' को उपाधी जितेका छन् । ८ जना  प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो 'द भ्वाइस किड्स' बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

 

विजेता जेनिसले आफूले आफ्नी आमाको सपना पूरा गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए। जेनिसकी आमाको केही सयम अघि कोरोना संक्रमित भएर मृत्यु भएको थियो। हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार कार्यक्रम प्रसारण हुँदै आएको थियो भने बीस इपिसोडमा 'द भ्वाइस किड्स' ले विजेता घोषणा गरेको हो। 

 

१४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स’ को यो पहिलो सिजन थियो । यसअघि 'द भ्वाइस अफ नेपाल' को सिनियरतर्फ ३ सिजन पूरा भइसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार