• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म विदा,परीक्षा भने यथावत सञ्चालन


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ।विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले बिदा दिएको जनाएको छ ।

 

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ ।सूचनामा भनिएको छ, ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

 

 पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउने जारी सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार