• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ : राप्रपा

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति प्रकट गरेको छ ।

 

महामन्त्री  भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो,आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।'

 

भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय रहेको पार्टीको भनाइ छ । नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसंग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपाले  माग गरेको छ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार