• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
डबली

कुशासन

नगरे तिनले नगरे यिनले 
सुबिधा खाए बिदेशी ऋणले 

 

बिकासको नाममा भ्रष्टाचार गरे 
खाने–पचाउने लाज नभापरे

 

जागिरे प्रायः बकुल्ला भए
नेताका आदेश पछ्याउंदै गए

 

पढेको बुद्धि लागेन काम
ज्यूज्यू हजुरमा बिकाए नाम

 

टिका लगाउँदै आर्शिवाद थापे 
कमाउन पाउँने नियुक्ति फापे 

 

अर्काको कामको जस लिनखोजे
आफन्तवादको पार्टी गुट रोजे

 

बिकास समस्या देशैभरिका 
आश्वासन बाँडे नाना थरिका 

 

पर्खनोस भोलि भनेर यिनले  
गरिव रुवाए दुखका दिनले 

 

थाकेका छैनन राजनीति घोकी
न त अघाछन् उपदेश खोकी

 

पार्टीमा म्याउँम्याउँ ठुलो पद मागी
बाहिर हाउभाउ चुनावका लागि

 

देखिन्न छाँट केहि गर्ने यिनले 
मनै अघायो राजनीतिक घिनले

 

के हेरी दिन्छौ हे दाता ऋण ?
सघाउँछौ तिमी कुशासन किन ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार