• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

भित्ताको सुन्दरता खोजिएको चित्र

बिधाता केसी

०००

 

मैले यो चित्र मुस्ताङको घरहरुको भित्ताको सुन्दरताबाट प्रेरित भएर बनाएकी हुँ।

 

त्यहाँका भित्ताहरूमा पोखिने रंगहरु, प्रकृतीसंग र त्यहाँको मानव संस्कृतिसंग धेरै नै नजिक रहेको छ ।

 

माटो र ढुङ्गाले बनिएका पुरानो घरहरु जुन हेर्दै पृथ्वीबाट आफैं निस्केका भान हुने र हरेक भित्ताहरूले युगौं युग देखी आफ्नै कथा बोकेर र बुनेर आइरहेको इतिहासलाई आफ्नो कला मार्फत व्यक्त गर्ने प्रयास  गरेकी हुँ ।  

 

अहिले शहरीकरण, जलवायु परिवर्तन आदिका कारणले यस्तो अस्तित्व बोकेको घरहरु हराउने क्रममा रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार