• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

चेम्बरद्वारा अफगानिस्तानका जनतालाई २० लाख बराबरको सामग्री सहयोग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ ।

 

आज परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ २० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् ।

 

कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पुर्याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिएका छन   ।
 

सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार