• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

रचनाको स्वर र दिपको संगीतमा रहेको गीतमा पल शाह र प्रियाना आचार्यको अभिनय

काठमाडौं  । गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्दमा रहेको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ।

 

यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर  स्वर सुन्न सकिन्छ।  दिप घतानीले संगीतवद्ध गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई  जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्यको फिचर्ड छन्।

 

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।  भिडियो गीतकार रसाइलीको च्यानल 'नारायण रसाइली अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो।  

 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार