• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

महासंघको चौथो बैठक कपिलवस्तुमा शुरु

 ललिता साह, तिलौराकोट । नेपाल पत्रकार महासंघको चौथो बैठक शुक्रवार कपिलवस्तुको तिलौराकोटमा शुरु भएको छ । 

 

    नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आतिथ्यता र केन्द्रिय अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा १० बजे बाट शुरु भएको बैठकमा देशैभरिबाट उपस्थित पत्रकारहरुलाई लुम्बिनीको ऐतिहासिक तथ्यहरूबारे जानकारी गराउने शाखाका अध्यक्ष किरणमान बज्राचार्यले  जानकारी दिए ।

 

      महासंघको विधान अनुसार यो नियमित बैठकमा अघिल्लो बैठकबाट गरिएको कार्यविभाजन तथा बनाइएको आगामी तीनवर्षे रणनिति तहत महासंघको संस्थागत कार्यप्रगति समिक्षा , पूनः गति लिएका कोविडले प्रभावित पत्रकार र संभावित संक्रमण बारे छलफल तथा पछिल्लो समय महासंघको नाम जोडिएर चर्चामा आएका ड्रिम हाई नेपाल नामक संस्थाले पुस २४ गते सम्पन्न गरेको आई मिडिया अवार्ड -२०७८ सम्वन्धमा पनि यो बैठकमा छलफल हुने महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिएका छन।

 

       यसैगरी विगत दुई वर्षदेखि कोविड १९ बाट संक्रमित पत्रकारलाई र मृत्यू भएको पत्रकारको परिवारलाई  महासंघले गरेको आर्थिक सहयोग , आगामी दिनहरूमा कोविड व्यवस्थापनको योजना तथा अन्य थप आर्थिक आय(व्यय बारे संस्थागत प्रतिवेदन सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए ।

 

      यसैबीच एतिहासिक धार्मिक मात्रै नभई पुरातात्विक महत्व बोकेको यो स्थल तीन वटा बुद्धको प्रसिद्ध भूमि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेसको पहल भईरहेको लुम्बिनी विकास कोषको अध्यक्ष ज्ञानिन राईले बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार