• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तालिम सम्पन्न

  खांदवारी । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म संचालन भएको “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न  भएको छ ।

 

 २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरे ।

 

 तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार