• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

सांसदले संसदमा बोल्ने हो, चोक र चौतारीमा होइन : महामन्त्री गगन थापा

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । 

 

पुनर्स्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले  ‘संसद्लाई पंगु बनाउने कोसिस एमालेले गरेको टिप्पणी गरे ।

 

 शुक्रबार गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भने, ‘हामी सरकार चलाउने पार्टी हो, केही ठाउँमा झुक्नुपर्छ, झुक्छौं । संसद् चलाउने विषयमा विनम्र हुनुपर्छ, हुन्छौं । सांसदले संसद्मा बोल्ने हो, चोक र चौतारीमा होइन ।’ उनले एमालेले थिलथिलो पारेको व्यवस्थालाई कांग्रेसले सम्हाल्ने बेला आएको पनि बताए ।

 

 उनले भने, ‘संसदबाट पारित गर्नुपर्ने दर्जनौं विषय छन् । अब संसद् चलाउने विषयमा छलफल, संवाद हुन्छ, सहमतिमा नआए एमालेको भण्डाफोर हुन्छ ।’  महामन्त्री थापाले न्यायालयलाई अहिलेको अप्ठेरोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने समेत बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार