• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको ओलीको दावी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आगामी निर्वाचनमा मतदानको माध्यामबाट हटाउन आम जनता सँग अपिल गरेका छन ।

 

पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने दावी समेत  गरेका छन  ।

 

 असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल गरेका छन । यस्तै अध्यक्ष ओलीले नर्सिङ कलेजहरु हटाउने, हरेक ठाउँलाई पार्टीको भर्तीकेन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन ।

 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार