• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

यस वर्षको एसईई परीक्षा केन्द्रबाटै गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो ।

 

 निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् । ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो ।

 

 आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका कारण सम्भव नभएको धारणा राखेका थिए । बैठकमा प्रदेश र स्थानीय तहको सहयोगमा केन्द्रबाट परीक्षा लिने विषयमा छलफल भएको थियो ।

 

बोर्डको बैठकले परीक्षाको मिति मोडालिटीबारे अब बस्ने बैठकले निर्णय गर्नेछ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले एसईई परीक्षाको बारेमा सरकारले ठोस निर्णय नभएको तर यो वर्ष केन्द्रबाटै लिने तयारी थालिएको जानकारी दिए ।बोर्डले वैशाखामा गर्ने तयारी अघि बढाएको हो ।नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार