• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
रंगमञ्च

गोकर्णेश्वर प्याब्सनको आयोजनामा बालबालिकाहरूलाई नाटक प्रशिक्षण कार्यशाला

काठमाडौं । गोकर्णेश्वर प्याब्सनको आयोजनामा गोकर्णेश्वर नगरपालिकाले नाटक प्रशिक्षण कार्यशाला सञ्चालन गरेको छ।

 

गोकर्णेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयहरूमा अध्यायनरत बालबालिकाहरूलाई अभिनयको बारेका ज्ञान दिने हिसावले कार्यशाला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

नाटक प्रशिक्षण कार्यशालामा सुन्दरीजलदेखि गोकर्णेश्वर नगरपालिका भित्ररहेका पव्लिक स्कुलहरूका ४ कक्षा देखि ९ कक्षासम्मका विद्यार्थीहरू सहभागी रहेका छन्। १२ दिनसम्म चल्ने प्रशिक्षणमा ४ जना प्रशिक्षकहरू रहेका छन् । 

 

रंगकर्मी प्रभाकर न्यौपाने,आशान्त शर्मा, प्रह्लाद खरेल र टंक चौलागाईले कार्यशालामा प्रशिक्षण दिईरहेका छन्। प्रशिक्षकहरूले नाटक सम्बन्धित विभिन्न तहका शिक्षाहरू दिने बताए ।

 

कार्यशालामा प्रशिक्षक रंगकर्मी प्रभाकर न्यौपानेले बिभिन्न चरित्रहरुको तहका बारेमा बिद्यार्थीहलाई प्रशिक्षण दिईरहेको बताए । यस्तै रंगकर्मी आशान्त शर्माले इम्प्रोभाइजेसन र क्यारेक्टरराइजेसन्सको बारेमा जानकारी दिईरहेका छन् । प्रशिक्षण सकिएसँगसँगै प्रशिक्षार्थी विद्यार्थीहरूलाई नाटकका पात्रहरूका रूपमा प्रस्तुत गराउने तयारी भएको छ ।

 

प्रशिक्षक प्रह्लाद खरेलले अभिनयका विधिहरूका बारेमा जानकारी दिईरहेका छन् भने प्रशिक्षक चौलागाईले भ्वाइस र थिएटर इमेजको बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण दिईरहेका छन् । 

 

नाटक गोकर्णेश्वर नगरपालिका भित्र रहेका १२ वटा बिद्यालयहरूमा प्रस्तुत गरिने प्रशिक्षक प्रभाकर न्यौपानेले जानकारी दिए। कार्यशालामा विद्यार्थीहरूको सहभागीता देखेर आफुहरू प्रभावित भएको प्रशिक्षकहरूको भनाई रहेको छ । बालबालिकाहरू धेरै चासो राख्ने र नयाँ कुरा सिक्न चाहने भएकाले प्रशिक्षण तिव्र गतिमा अगाडि बढिरहेको प्रभाकर न्यौपानेले बताए  । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार