• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

७ दिने प्राविधिक कार्यशाला (साउण्ड, लाइट र निर्देशन) सम्पन्न

 काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य  प्रज्ञा प्रतिष्ठान नाटक विभागको आयोजनामा  मंसिर २७ गते देखि पौष ४ गतेसम्म ७ दिने प्राविधिक कार्यशाला (साउण्ड, लाइट र निर्देशन) सम्पन्न भएको छ । 

 

राजधानीको कालिस्थानस्थित सर्वनाम थिएटरमा  संचालन भएको कार्यशालामा काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाका थिएटर समूहहरूमा क्रियाशील १४ जना कलाकारहरूले उक्त प्रशिक्षणमा सहभागी जनाएका थिए ।

 

वरिष्ठ नाटक निर्देशक सुनिल पोखरेल निर्देशन प्रशिक्षक, आदित्य कटवाल साउण्ड  र राजकुमार पुडासैनीले लाइट सम्बन्धी प्रशिक्षण दिएका थिए । साथै निशांश पोखरेल सहायक प्रशिक्षकको रूपमा  रहेका थिए ।

 

कार्यशाला समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य  प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट, प्राज्ञ निशा शर्मा पोखरेल, वरिष्ठ नाटक निर्देशक सुनिल पोखरेल, प्रशिक्षक आदित्य कटवाल, राजकुमार पुडासैनी, तथा निशांश पोखरेल र सहभागी परिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

 

 कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद सदस्य निशा शर्मा पोखरेलले कार्यशालामा भाग लिएका सबै सहभागी कलाकार र नाट्य संस्था हरूलाई धन्यवाद दिदैँ कार्यशालामा सहभागीहरूले सिक्नु र जान्नु भएका सिप आगामी दिनहरूमा रंगमंचमा महत्वपूर्ण सावित हुने  विश्वास व्यक्त गरेकी छन। 

 

सदस्य सचिव श्याम प्रकाश तमोटले सहभागी कलाकारहरूलाइ  प्रशिक्षण प्रमाणापत्र प्रदान गर्दै यस्ता किसिमका प्रशिक्षणले सहभागीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार