• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

‘हामीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका चार क्रिकेटरले आफूमाथिको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

 

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई अभिभावकीय भूमिका खेल्न र कारबाही गरिएको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्।’

 

क्यानका कतिपय पदाधिकारीहरुले आफूहरुलाई लान्जछना लगाउने गरेको पनि उनीहरुले खुलासा गरेका छन् । साथै, सबै इच्छा, सपना क्रिकेटमै लगाउनेहरुलाई यसरी कारबाही गरिन्छ भने नयाँ पुस्ता यसतर्फ कसरी आकर्षित हुन्छन् भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।

 

‘क्यानका कतिपय पदाधिकारीबाट सार्वजनिक रुपमा हामीलाई लान्छना लगाउने, कारबाही गर्नेसम्मका धम्की दिने काम भयो । तर एक्कासी कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरु आए ।

 

यसले हामीलाई निकै दुःखी बनाएको छ । के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार