• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

रंगकर्मी सरस्वतीको निर्देशनमा कचहरी नाटक 'तैं चुप, मैं चुप' मञ्चन 

काठमाडौं । लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक 'तैं चुप, मैं चुप' नाटक प्रस्तुत गरेको छ । नाटकले समाजमा भईरहेको लैङ्गिक हिंसा विरूद्ध तीन वटा  मुख्य समस्याहरूलाई प्रमुख विषय बनाएको थियो ।

 

नाटकले घरभित्र हुने, सार्वजनिक सवारीसाधनमा हुने र शैक्षिक संस्थाहरूमा हुने महिला हिंसालाई प्रमुख समस्याको रूपमा प्रस्तुत गरेको निर्देशक सरस्वती अधिकारीले जानकारी दिइन। अधिकारीले नाटक बिहिबार बुढानिलकण्ठ नगरपालिकाको विभिन्न विद्यालयहरूमा मञ्चन गरिएको र विद्यार्थीहरूको उल्लेख रूपमा उपस्थित भएको पनि बताइन । 

 

नाटकमा प्रभाकर न्यौपाने, शालिकराम भण्डारी, तारा केसी, सरस्वती अधिकारी, सुवास सुवेदी, विकल्प अधिकारी, प्रसुन न्यौपाने, रविन दोङ तथा सुशील ठकुरीको अभिनय रहेको थियो । नाटकको निर्देशन तथा लेखन सरस्वती अधिकारीले गरेको हो भने, ९ जना पात्रहरूको संयुक्त प्रस्तुतमा नाटक मञ्चन गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार