• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

चलचित्र ‘ईओजी' (एरर्स अफ गड) मा रंगकर्मीको भीड (टिजर सार्वजनिक)

काठमाडौं ।  रंगकर्मीहरुको अभिनयले भरिएको चलचित्र ‘ईओजी' (एरर्स अफ गड) को टिजर सार्वजनिक भएको छ । प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

 

चलचित्रमा बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।

 

चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई देखाइएको छ । संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको चलचित्रमा ५० भन्दा बढि रंगकर्मीहरुको अभिनय रहेको छ ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार