• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

एमालेको दशौं राष्ट्रिय महाधिवेशन : यस्तो छ ओली रणनीति

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारी भइरहेको छ ।

 

बन्दसत्रको हलले हिजो अध्यक्ष ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए ।

 

प्रमुख पदमा आफ्नै पक्षधर नेताहरुको दाबीले उनलाई कसलाई छान्ने भन्नेमा सकस देखिएको छ भने  ओली निकट स्रोतका अनुसार ओली कुनै पनि हालतमा नेता भीम रावल र घनश्याम भुसाललाई पदाधिकारीमा ल्याउन तयार  नभएको बुझीएको छ ।

 

ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताले आवश्यक परामर्श दिदै आइरहेका छन  । एमालेले आज नेतृत्व चयनको काम सक्ने र भोली बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी भएको  जनाएको छ ।

 

करिब तीन घण्टा लामो आफ्नो सम्बोधनमा अध्यक्ष ओलीले पार्टीलाई अत्यन्तै गम्भीरताका साथ  सञ्चालन गर्नुपर्ने अवस्थामा आफूहरू रहेकाले यस स्थितिमा विधान महाधिवेशन आयोजना गरेर मुलुकका लागि आवश्यक नीति, विचार र विधिहरू तय गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार