• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

खड्गप्रसादले सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलको संज्ञा दिएका छन ।

 


 एमालेको महाधिवेशनमा सबै पदहरु सहमतिमा चयन गर्ने प्रयास जारी छ । निर्वाचन नगरी सहमतिमा पदाधिकारी चयनमा गर्ने आलीको तयारीमा उनले यस्तो कटाक्ष गरेका हुन । भट्टराईले सामाजिक संजालमा स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैँ खड्गप्रसादले त्यही गरेको टिप्पणी गरेका छन ।

 

भट्टराईले लेखेका  छन्, ‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ। म त उनलाई स्टालिन र हिटलरै देख्छु। स्टालिन र हिटलरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरे झैँ खड्गप्रसादले त्यही गर्दैछन्। रूसी मोडेलका क पा र नाजी पार्टी जसरी सिद्दिए नेपालका क पाहरू पनि सिद्दिने हुन त  ? ’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार