• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

विश्वकप छनोट : नेपाल आज युएईसँग भिड्दै 

काठमाडौं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । 

 

नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११ :१५ बजे सुरु हुनेछ । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

 

प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।

 

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेट रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको नेट रन रेट २.०८८ र युएईको २.३९८ छ ।

 

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आज आइतबार नै कुवेत विरुद्ध खेल्नेछ । मलेसिया (२ अंक), भुटान (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार