• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना : ५ जनाको मृत्यु , २७ घाइते

जाजरकोट । जाजरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन् ।  आइतबार बिहान २ बजे कुदु बराहचौकनजिकै बस दुर्घटनामा परेको थियो ।

 

नेपालगन्जबाट रुकुम पश्चिमको  जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको   जाजरकोटका प्रहरीले जनाएको छ ।

 

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।घाइते  २७ जनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा लगेका छन  ।दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत  हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार