• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताए ।

 

आज नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन ।

 

उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए। नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने थापाको भनाई छ ।

 

उनले भने, ‘यो अधिवेशनबाट कांग्रेसको मूल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो हो। हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । 

 

आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ। चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन। हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होइन, नागरिकलाई एउटा भरोसा चाहिएको छ । 

 

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताउनुभयो । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार