• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कार्यकर्तालाई देखेर मीठो निद्रा लाग्छ, खान रुच्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताले दिएको साथ देखेर आफूलाई आफ्नो ज्यानभन्दा पनि मीठो निद्रा लाग्ने र खान रुच्ने गरेको बताएका छन् ।

 

शनिबार चितवनमा एमालेको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई देखेर देशको भविष्य सुरक्षित र सुनिश्चित छ भन्ने लाग्छ र आफूलाई मीठो निद्रा र खान रुच्छ ।

 

‘म कति बाँच्छु थाहा छैन । धेरैपटक अप्रेसनबाट गुज्रेर आएको हुँ । मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन त्यसमाथि मेरो जिन्दगी त धेरैपटक मरेर बाँचेर आएको जिन्दगी कति खेर के हुन्छ त्यत्ति साह्रो भर नहुन सक्छ।’ 

 

उनले भने, तर मलाई आज ढुक्क लागेको छ, सन्तोक लागेको छ, मीठो निद्रा लाग्छ, खान रुच्छ किनकि म तपाईहरुलाई अगाडि देख्छु। अध्यक्ष ओलीले एमाले गठबन्धन बनाएर जानेहरुसँग चुनावमा लड्न सक्ने र लड्ने क्षमता बनाउने पनि बताए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार