• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

१०औं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन : एक भोट आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने नेता रावलको भनाई

काठमाडौं  । हिजोबाट सुरु भएको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन केही समय पछि बन्दसत्र सुरु हुदैंछ ।

 

 हिजो राति अवेर सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको संख्या थप्ने निर्णय गरेको छ ।


नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने काम अघि बढाएको जनाएको छ ।अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका नेता भीम रावल भने कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने  देखिएको छ ।उनले १ भोट मात्रै आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

 


होटेल सेभेन स्टारमा बन्द सत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने एमालेले जनाएको छ ।यता  अध्यक्ष ओली पनि स्वयम आफूनिकटका नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई हिजो सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको लागि नभइ देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताएका थिए  ।

 

आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।

 

यसअघि पदाधिकारी संख्या १५ थियो। यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव संख्या ३ पुगेको छ भने उपाध्यक्ष ७ जना हुनेछन्। बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि पास गरेको छ ।नयाँ नेतृत्वका लागि सहमति नभए आजै मनोनयन दर्ता हुनेछ। एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार