• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

३ सय २ जना संक्रमणमुक्त,२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा १० हजार ४४६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ सय २ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार