• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

एमालेको १० औं राष्ट्रिय महाधिवेशन : समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी काम पूरा गर्ने ओलीको दाबी

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताएका छन ।

 

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको लागि नभइ देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताए ।  पार्टी जनमत र निर्वाचनको तयारी जुटिसकेको  स्पष्ट पार्दै उनले भने ‘देश बनाउन, लोकतन्त्र, संविधानको रक्षा, कार्यान्वयन र सही व्याख्या गर्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’

 

अध्यक्ष ओलीले लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर नक्सा छापिसकेको स्मरण गराउँदै वार्ताको माध्यमबाट भूभाग फिर्ता नपाएसम्म आफूहरूलाई थिचिएको र मिचिएको महसुस हुने पनि उनले बताए ।

 

आउँदो चुनावपछि एमालेको सरकार बन्ने र एमालेको सरकारले विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने बाँकी कामलाई पूरा गर्ने दाबी गरे ।महाधिवेशनमा एमालेले ५ लाख नेता तथा कार्यकर्ता सहभागी गराउने  जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार