• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

प्रज्जवल जङ पाण्डेको अध्यक्षतामा नेपाल–युएई विजनेस काउन्सिल गठन

काठमाडौं । नेपाल–युएई विजनेस काउन्सिल गठन भएको छ।काठमाडौं स्थितयुएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिक डाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन । नेपाल औषधी उत्पादक संघका अध्यक्ष  प्रज्जवल जङ पाण्डेको अध्यक्षतामा नेपाल युएई बिजनेस काउन्सिल गठन गरिएको आयोजकले जनाएकाछन् ।


 
 अध्यक्ष पाण्डेको अध्यक्षतामा रहेको सो बिजनेस काउन्सिलमा बरिष्ठ उपाध्यक्षमा बश्रुधिन अन्सारी,प्रथम उपाध्यक्ष माडा  राजेन्द्र के सि,द्वितीय उपाध्यक्ष माडा  सुबोध कुमार गुप्ता, तृतिय उपाध्यक्षमा रघुनाथ पुरी र महासचिवमा मनोज गोयल रहेका छन । त्यसैगरी सचिवमा प्रकाश न्यौपाने,विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने, अजय सिंह कार्की र देवेन्द्र गिरी रहेको काउन्सिलले जनाएको छ ।

 

बरिष्ठ उपाध्यक्ष अन्सारी निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष हुन भने उपाध्यक्ष डा. केसी साउथ वेष्टर्नशिक्षा समुहका संस्थापकहुन् । द्वितीय उपाध्यक्ष डा सुबोध कुमार गुप्ता विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन भने तृतिय उपाध्यक्ष रघुनाथ पुरी रिभर ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् ।

 

त्यसैगरी महासचिव मनोज गोयल मारुती सिमेन्ट र बुटवल सिमेन्टका कार्यकारी निर्देशक र सचिव प्रकाश न्यौपाने एक्सप्लोरबाइ टेक्नोलोजि अध्यक्ष हुन  ।  विशेष सदस्यहरुमा पुरुशोतम न्यौपाने युएचएस होल्डिङका संस्थापक हुन भने अजय सिंह कार्की प्रसिद गु्रप अफ कम्पनिजका अध्यक्ष हुन् । त्यसैगरि देवेन्द्र गिरी मनाङ होटलका अध्यक्ष हुन ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार