• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

काँग्रेस काठमाडौं क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित

काठमाडौं ।  नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् ।

 

  १४ औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका   महर्जनले  ३२० मत प्राप्त गरेका थिए भने सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी निर्वाचित भएका छन ।

 

महाधिवेशन प्रतिनिधि खुलातर्फ राजेन्द्रकुमार केसी (राजन), राजकुमार नकर्मी, विकास बस्नेत, दीपेन्द्र आचार्य, अमृका बलामी, श्यामबहादुर कार्की, धर्मराज केसी, ईश्वर लामा, योगेन्द्रकुमार कुँवर र गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार