• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन : आज ओलीले सौराहामा बुद्धिजीवीसँग अन्तरक्रिया गर्दै

 

  चितवन ।  नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै  नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

 

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ  भने आज ओली सौराहास्थित अर्थलाइट होटेलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।यस्तै उनले महाधिवेशन स्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम छ ।

 

महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्य जारी छ ।चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलको भनाई छ ।

 

यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार