• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

एमाले महाधिवेशनका लागि चितवनमा ४६ वटा स्वागतद्वार 

चितवन । एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि जिल्लाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । 

 

कम्तीमा पनि ४६ वटा स्वागतद्वार बनाउने योजना रहेको महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए। पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएका छन् ।

 

काठमाडौंबाट चितवन भित्रिने सीमाना मौवा खोला, पोखरालगायतका ठाउँबाट चितवन भित्रिने मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रिने पुल्चोक र पूर्वी नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ । 

 

पूर्वी चितवनको टाँडीबाट एमाले महाधिवेशन बन्दसत्र हुने सौराहासम्म १८ वटा गेट तयार गरिएको छ । स्वागतद्वार एमालेका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार