• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस महाधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक, अन्तिम नतिजा आज साँझसम्ममा आउने

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।

 

६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने  नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन ।  ङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ।

 

देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भएको हो ।

 

काँग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा हुुने छ ।महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार