• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

१५औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यले ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।

 

व्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको बेनी नरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे  । सो अवसरमा उनले वित्तीय कारोबारसँगै गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतासहित विभिन्न क्षेत्रमा गर्दै आइरेको सहयोगको प्रशंसा पनि गरे । आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाले योगदान गर्नुपर्ने उनको भनाइ छ ।

 

७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट,कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंजलगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदानकार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५प्वाइन्ट रगत संकलनभएको छ । 

 

करिब ६ लाख निक्षेपएवं कर्जा खाताहरु मार्फत ग्राहकमाझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ । 

 

१५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखाकार्यालयहरुकोकारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्काशाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथकारोबार शुभारम्भगरिएको हो । यस सँगै गरिमाविकास बैंकको शाखा संजाल ११५पुगेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार