• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थप ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
 

१० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३१३ तथा एन्टिजेन विधिबाट ३८  जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप  २७३ जना सङ्क्रमणमुक्त  भएका छन ।  नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३०० रहेको छ ।


यही अवधिमा थप  ९ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ५०९ जनाको मृत्यु भइसकेको  मन्त्रालयले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार