• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

व्यंग्यकार गोतामेको निबन्धसंग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक

काठमाडौं । प्रसिद्ध व्यंग्यकार श्याम गोतामेको निबन्धसंग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक भएको छ । सिस्नुपानी नेपाल आयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार यादव खरेलले व्यंग्यकृतिको विमोचन गर्नु भएको हो ।

 

खरेलले विमोचन मन्तव्य दिँदै गोतामेका व्यंग्य रचना कालजयी र सार्वकालिक रहेको बताउनुभयो । २३/२४ वर्षअघि लेखिएका गोतामेका व्यंग्य निबन्ध आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ थियो ।

 

कृतिमाथि साहित्यकार नरेन्द्रराज पौडेलले समीक्षात्मक टिप्पणी गर्दै भैरव अर्याल, केशवराज पिँडाली लगायतले उर्वर पारेको हाँस्यव्यङ्ग्य क्षेत्रमा गोतामेले थप मलजल गरेको बताउनुभयो ।

 

 सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले गोतामेको योगदानलाई चीरस्थायी बनाउन परिवारको तर्फबाटै ठोस पहल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार राजेश खनालले गोतमालेसँगको सङ्गत स्मरण गर्नुभएको थियो । विं स १९९६ साल भदौ २६ गते जन्मनु भएका गोतामेको २०५५ वैशाख १९ गते निधन भएको थियो । जदौ, कयेनावाचा, लगायतका उहाँका कृति निकै लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार