• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

काँग्रेस १४ औं महाधिवेन : आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं ।  काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  आज  ६०  जिल्लामा  प्रतिनिधि  सभा  निर्वाचन क्षेत्रको अधिवेशन  हुँदैछ ।

 

वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको हो ।

 

केन्द्रीय निर्वाचन समितिका अनुसार आज   देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ ।

 

१४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

 

काँग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा हुुने छ ।महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार