• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

मूल्यवृद्धि जनतामाथि अत्याचार हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन ।

 

आइतबार विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताए ।उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकारणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने पनि बताए ।

 

अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताउदै भने ‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनु पर्ने हो, मैले पनि बुजिरहेको छैन, किन महंगो भइरहेको छ, हिजो कति खर्च हुने गर्दथ्यो र? ’

 

मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको तर्फ संकेत गर्दै उनले भने अरु कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार