• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सुदिपको एक बचन बोल्दैमा सार्वजनिक (भिडियो)

काठमाडौं ।'उडी जाने पन्छी' बोलको  भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले 'एक बचन बोल्दैमा' को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

 

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ।

 

  राम केसीले छायांकन गरेको भिडियो टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  

 

यसअघि गायक थकालीले  रेलको धुवाँ, एउटै मुटुु, ॐ शान्ति ॐ, बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका छन् । 

 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार