भताभुङ्ग
नेताहरु तल्लीन छन पद ओगटने दाउमा
खन्छन खेदो बिपक्षको पशु जस्तै भाउमा
कुर्सीमोह बोकेका छन सधै निरन्तर
दायाँवायाँ कुरै छैन समाज वरपर
आफ्नो तारिफ आफै गर्छन धेरैजसो ठाउँमा
भन्छन मेरै बाटो जायज राजनीतिको नाउँमा
सत्ता छँदा नियम मिच्छन आफ्नोलागि नाङ्गो
अन्यलाइ रिङ्गाइदिन्छन लाउँदै अर्थ बाङ्गो
जनतामा चारा छर्छन पार नलाग्ने कामको
भित्रीमनमा बिचार बोक्छन बिदेशीको नामको
देखिने दाँत राष्ट्रियता चपाउने दाँत अर्कै
बिचार पोख्छन अवसरवादी सहरबजार चर्कै
मनमा चासो देखिदैन देशले खेप्ने हानी
बुझपचाउँछन प्रतिकुलता पूरै लाज नमानी
परिस्थीति खल्वलियो भताभुङ्ग गाँसी
तै नी नेता हिडेकै छन बिकृतीमा हाँसी ।।
प्रतिकृया दिनुहोस