• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

जय सीताराम भनौँ

रम्ने रमाउने हो जिन्दगी
जब यात्रा जारी छ
सद्भाव बाँड्ने हो जिन्दगी
नपरौँ सानो यो मन

 

सूर्य उदयको हेरौँ
इन्दुको बदलिँदो कला
हराएकी सेती खोज्न
कहिलेकाहीँ दोविल्ला पुगौँ
त्यहाँ पनि त मिलन छ एउटा
काली मन्दगिनीसँगको 

 

मिलन हो जिन्दगी समय-प्रवाहको
मिलन हो जिन्दगी अन्तिम विश्रामको 
रमौँ, हासौ, खुसी बाडौ त्यो मात्र हाम्रो हो 
सीताराम मिलन सम्झी
जय सीताराम भनौँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार