• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

उम्मेदवारीबारे नेता शाहीको तयारी यस्तो छ

काठमाडौं । युवा नेता भुपेन्द्र जंग शाहीले केन्द्रीय सह–महामन्त्री वा कर्णाली प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन्।

 

कांग्रेसको परिवर्तित बिधान अनुसार आठजना केन्द्रीय सह-महामन्त्री मध्य पिछडिएको क्षेत्रको केन्द्रीय सह-महामन्त्रीमा नेपाली कांग्रेसका युवा नेता शाही उम्मेदवारी दिने तयारीमा छन।

 

संघीय संरचना अनुसार नेपाली कांग्रेसको परिबर्तित बिधान अनुसार प्रदेश अधिवेशनले प्रदेश कार्यसमिति सहित सातवटा प्रदेश सभापति पनि चयन गर्ने ब्यबस्था छ । 

 

प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय छन। युवा नेता शाहीले अहिलेको युग सुचना प्रविधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भिर ढङगले बुझ्नुपर्ने बताउँदै आएका छन ।

 

नेपाली कांग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउने अभियानमा उनी लागेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार