भावुक हुदैं धुर्मुसले गरे यस्तो अनुरोध
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गरिरहेका सीताराम कट्टेल 'धुर्मुस'ले सरकारसँग सहयोगको माग गरेका छन ।
ठूलो लगानीमा रंगशालाको काम थाले पनि चार महिनादेखि निर्माण कार्य ठप्प रहेको भन्दै कट्टेले तीन तहका सरकारले अभिभाकत्व लिइदिन अनुरोध गरेका छन ।
आर्थिक समस्या परेका कारण रंगशाला निर्माणको काम करिब चार महिना यता बन्द छ । उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्। यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं उनले भनेका छन् ।
निर्माणाधीन स्थलबाट भिडियो सन्देश दिँदै उनले अहिले १७ करोड ऋण रहेको र निर्माण कार्य अघि बढाउन नसकेको स्वीकार गरे । रंगशाला निर्माण सुरु गर्दा पाएको प्रतिवद्धता र आश्वासन अहिले हराउँदै गएकाले चरम आर्थिक संकटमा परेको उनको भनाई छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस