• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

शहरको कौसी थिएटरमा 'पचली भैरव' को प्रेमकथा 

काठमाडौं । नेपालको कला, संस्कृति, धार्मिक, परम्परागत तथा सांस्कृतिक र मौलिकताको संरक्षण, संम्वर्धन र उत्थान गर्नू पचली भैरब नाटकको मूख्य आशय हो। नेपाल मण्डलको उत्पती यहांको धार्मिक र सांस्कृतिक मिथकहरु अति नै लोकप्रिय मानिन्छन् ।

 

भाषावंशावली र चर्या नृत्य तथा गीतहरुमा धेरै आधारशिलाहरु पाइन्छन् । नेपाल मण्डल उत्पती पश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरबलाई दिइएको थियो । पचली भैरब सबै भैरबहरुको प्रमुख हुन् । 

 

पञ्चलिंगेश्वरको अपभ्रंस भएर पचली भएको मानिन्छ । पांच प्रकारका उर्जाको लिंग उत्पती भएको बागमती र बिष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा किंराती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपूरुष पलम्वर यहां आएर ध्यानमा बसेका हुन्थे। त्यही समयमा स्थानीय नेवा सून्दरी नैअजिमा अर्थात् रुकमणी आफ्नो कामकाजीको शिलशिलामा उनीसँग भेट हुन पुग्थिन्। दूबैबिच अगाद प्रेम सम्वन्ध हुन पुग्यो । 

 

मुसुका गणश अर्थात् रुद्रविणायकको जन्म भयो। पछि नैअजिमा अर्थात् रुकमणीको कारण सिद्ध भयो र पचली भैरबको रुपमा स्थापित हुन गयो। धेरैजसो लिखित तथा मौखिकी आधारित कथाहरु र पौराणिाकी भनाई र सुनाइहरुको मालाबाट नाटकको कथा बुनिएको छ । 

 

नेपाल मण्डलका विभिन्न भैरबहरुको र शक्तिपीठहरुलाई नियालेर हेर्दा विभिन्न किम्वदन्ती तथा भिन्न मिथ भने नरहेको होइन । नाटकलाई भाषासंगै नेपालको मौलिक नृत्यद्धारा देखाउन खोजिएको छ । अष्टभैरब नृत्य र अष्टमातृका नृत्य यसका ज्वलन्त उदाहरण हुन। पचली भैरबको बाह्रबर्षे नृत्य काठमाण्डौं उपत्यकाका अति प्रख्यात नृत्य हुन्।

 

नाटकमा ११ जना कलाकारहरूले अभिनय गरेका छन् । सुदनमान मुनिकार, नानुमैँया महर्जन, सृर्जना शर्मा, करिना सुनुवार, श्रृष्टिना मुनिकार, संगीता थापा, युवहाङ राई, इँगिहोपो कोँइच सुनुवार, अनिसा श्रेष्ठ, पवित्रा राई र रोशनी चौधरीको नाटकमा अभिनय रहेको छ । 

 

नाटक तयार पार्न दुई वर्षदेखि तयारी थालेका नाटकका निर्देशक सुदनमान मुनिकारले बताए । पचली भैरवमा लिखित पुस्तक तथा मौखिकी आधारित कथाहरू र पौराणीक भनाइ र सुनाइहरूको मालाबाट यो नाटक तयार पारिएको उनको भनाई थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार