• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

बाछिटा कृति 'अक्षता' र 'अक्षय' विमोचन

काठमाडौं । साहित्यको नविनतम काव्य प्रविधा शर्मिला तिमल्सिनाको 'अक्षता'  र 'अक्षय' अम्बिका धितालको अक्षय  बाछिटा कृति विमोचन भएको छ ।

 

 बाछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा। डा। हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा भुगोल साहित्य समाजको प्रङ्गणमा आइतबार उक्त कृति विमोचन गरिएको थियो ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रा .डा पौडेलले ञञ एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताए ।


बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताएका छन् ।

 

'अक्षता'कृतिका स्रष्टा शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्दै  महिलाहरुलाई साहित्य र विविध पक्षमा समेत उत्थान गर्नु पर्ने बताइन् ।


समारोहमा शेष पौडेल,नारायण गैरे,चेतनाथ धमला , खगेन्द्र बस्याल,विष्णु भट्टराइले आ -आफ्ना विचार प्रस्तुत गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार