• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

विवेकशील साझाको पाण्डे समूह र एस अध्यक्ष नेपालबीच भेट, पाण्डे समुहलाई एस मा प्रवेश गर्न नेपालको आग्रह

काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारी गरेको छ।

 

बुधबार अध्यक्ष नेपाल र विवेकशील साझाका संयोजक पाण्डेको समूहबीच नेपाल निवास कोटेश्वरमा भेट भएको थियो ।

 

भेटमा पाण्डेको टोलीलाई नेकपा (एस) मा आउन अध्यक्ष नेपालले आग्रह गरेका छन् । यस विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेको बताइएको छ ।

 

विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार