• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थप ६७२ मा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४  घण्टामा  थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

   पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप ४९५ जना संक्रमणमुक्त भएका छन भने हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । 

 

यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ३८० जनाको मृत्यु भइसकेको  मन्त्रालयले उल्लेख गरेको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार