अदालतबारे जथाभावी नबोल्न ओलीलाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन ।
नेपाल तरुण दलले आज बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप समेत लगाएका छन ।
परमादेशको न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि उनले स्पष्ट पारेका छन ।
यस्तै उनले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् । अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको उनको भनाई छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस